लिवर्टी हाइड्रोको सेयर मूल्य लगातार घट्यो‍, बजार सूचक घटेपनि कारोबार रकम साढे २ अर्बमाथि

बिजमाण्डू
२०७७ असोज ५ गते १५:२० | Sep 21, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजार सूचकमा थोरै करेक्सन आएपनि कारोबार रकममा कुनै कमी आएको छैन। बढ्दो बैंकिङ तरलताका साथै ऋणको सस्तो ब्याजका कारण कारोबार रकम साढे दुई अर्ब रुपैयाँ माथि छ।

लगातार बढिरहेको बजारमा सोमबार भने ६ अंकको गिरावट आएको छ। सूचक १५६९ अंकमा ओर्लिएको छ। दिनभरीमा १९५ कम्पनीका २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएका छन्।

नेपाल बैंकले साधारणसभाको सुचना सार्वजनिक गरेपछि कारोबार रकम बढेको छ। दिनभरीमा सर्वाधिक २१ करड ३८ लाख रुपैयाँको किनबेच भएको छ। यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीको १४ करोड ९० लाख रुफैयाँ र रिलायन्स लाइफको १२ करोड ९८ लाख रुपैयाँको किनबेच भएको छ। 

नबिलसँग मर्जरको चर्चाले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको पनि कारोबार बढिरहेको छ। बैंकको ७ करोड १९ लाख रुपैयाँको किनबेच भएको छ। हिमालयन बैंकलाई मर्जरका लागि प्रस्ताव गरेको सिभिल बैंकको सेयर मूल्य २ रुपैयाँलेब ढैर १५९ रुपैयाँ पुगेको छ। आइतबार १० प्रतिशतले बढेको थियो।

बिजमाण्डूमा सिभिलले हिमालयनलाई मर्जर प्रस्ताव गर्यो भन्ने समाचार सार्वजनिकपछि नेप्सेले सिभिललाई स्पष्टीकरण सोधेको थियो। सोमबार सिभिलले स्पष्टीकरण बुझाउँदै त्यस्तो केही पनि नभएको बताएको थियो।

राष्ट्र बैंकले मर्जर नीति लिएपछि अहिले बैंकहरुबीच औपचारिक अनौपचारि कुराकानी चलिहरेको छ। त्यसै सन्दर्भमा भएको कुराकानीलाई आधार बनाएर नेप्सेले हचुवाका भरमा स्पष्टीकरण सोधेको थियो। जबकी मर्जर सहमति भएपछि नेप्सेलाई जानकारी दिने चलन छ।

उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूमहको सूचक झरेको छ। यो समूहको १२ अंकले उक्लिएको छ। बैंकिङ, होटल, निर्जीवन र जीवन बीमा समूहको सूचक बढि झरेको छ।

आइतबारबाट कारोबार सुरु भएको लिवर्टीको सेयर मूल्य १० प्रतिशतले झरेर २४३ रुपैयाँमा आएको छ। युनाइटेड फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ।