ग्लोबल आइएमईको ऋणपत्र निवेदन धितोपत्र बोर्डमा दर्ता, सिद्धार्थ बैंकलाई ३ अर्बको बिक्री अनुमति

बिजमाण्डू
२०७७ असोज ६ गते १३:१२ | Sep 22, 2020
ग्लोबल आइएमईको ऋणपत्र निवेदन धितोपत्र बोर्डमा दर्ता, सिद्धार्थ बैंकलाई ३ अर्बको बिक्री अनुमति

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमइ बैंकको ऋणपत्रका लागि परेको निवेदन नेपाल धितोपत्र बोर्डले दर्ता गरेको छ। साथै बोर्डले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासन तथा बिक्री गर्नका लागि स्वीकृति दिएको छ। 

ग्लोबल आइएमई बैंकले १० वर्षको लागि ८.५ प्रतिशत ब्याजदरमा २०८६/८७ नामक डिवेन्चर बिक्री गर्न बोर्डमा निवेदन दिएको थियो। बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। त्यसमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र १८ लाख कित्ता व्यक्तिगत तवरमा निष्कासन गर्नेछ। ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा बैंकले सेन्चुरी क्यापिटललाई नियुक्त गरेको छ। 

यस्तै सिद्धार्थ बैंकले सात वर्षे  एसबिएल डिवेन्चर २०८४ नामको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले निष्कासन गर्न लागेको ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यात्तिगत तवरबाट बिक्री गर्नेछ । 

सिद्धार्थले ८.५ प्रतिशत ब्याजदरमा २०८४ सम्मका लागि निष्कासन गर्ने ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत अनिवार्य ऋणपत्र निष्कासन गर्नैपर्ने निर्देशन दिएको थियो। यो सँगै बैंकहरुले ऋणपत्र निष्कासन गर्न लागेका हुन्। बैंकले ऋणपत्रबाट उठेको पैसा  शत् प्रतिशत कर्जा लगानी गर्न पाउनेछन्। कर्जा-पुँजी-निक्षेप अनुपातमा गणना गर्नु पर्दैन।

राष्ट्र बैकले  बैंकहरुलाई तरलता सहज होस् भन्ने उद्देश्यले ऋणपत्र निष्कासन गर्नैपर्ने व्यवस्था गरेको हो।