कुलमान बाहिरिएपछि आइतबार र सोमबार देशभर किन गयो धेरैपटक बिजुली? यस्तो छ कारण

बिजमाण्डू
२०७७ असोज ६ गते १३:०० | Sep 22, 2020
कुलमान बाहिरिएपछि आइतबार र सोमबार देशभर किन गयो धेरैपटक बिजुली? यस्तो छ कारण

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो दिनमा विद्युत आपूर्ति अनियमित भएपछि कुलमान घिसिङको बहिर्गमनसँग जोडेर हेर्न थालिएको छ। तर निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला भने नियमित मर्मत सम्भारका लागि लाइन सटडाउन गर्नुपरेकाले आपूर्तिमा अवरोध भएको बताउँछन्।

आइतबार र सोमबार देशका विभिन्न ठाउँमा वर्षा भएपछि वितरण प्रणालीमा प्रभाव पारेको उनले बताए। विद्युत माग ह्वात्तै बढ्दा प्राधिकरणको पुरानो र जीर्ण वितरण प्रणालीले पनि विश्वसनीय काम गर्न नसकेको उनको जिकिर छ।

सर्वसाधारणले कुलमान घिसिङको बहिर्गमनपछि विद्युत आपूर्ति थप अनियमित भएको आरोप लगाएका थिए। तर कोइरालाले निषेधाज्ञा खुकुलो भएसँगै विद्युत मागमा एक्कासी अत्यधिक वृद्धि हुनु, देशका विभिन्न भागमा वर्षा भइरहनु र नियमित मर्मत सम्भारका कामले नियमित विद्युत आपूर्ति हुन नसकेको दावी गरेका छन्।