सवारी साधन खुलेपछि ६ दिनमा १ लाख मानिस काठमाडौं भित्रिए, २४ हजार ७ सयले काठमाडौं छाडे

बिजमाण्डू
२०७७ असोज ७ गते १०:२७ | Sep 23, 2020
सवारी साधन खुलेपछि ६ दिनमा १ लाख मानिस काठमाडौं भित्रिए, २४ हजार ७ सयले काठमाडौं छाडे

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन खुला गरेपछि काठमाडौं उपत्यका भित्र करिब २४ हजार सवारी साधन भित्रिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज १ गतेदेखि ६ गते साँझसम्म विभिन्न नाकाबाट २४ हजार ३ सय ४७ वटा सवारी साधन भित्रिएका छन्। त्यस्तै त्यसरी आउने सवारी साधनमा १ लाख १ हजार १ सय ६ सय २८ जना यात्रु काठमाडौं प्रवेश गरेको देखिन्छ।

काठमाडौं छोड्ने सवारी साधनको संख्या पनि उतिकै मात्रामा छ। २४ हजार ६ वटा सवारी साधन काठमाडौंबाट विभिन्न जिल्लामा गएका छन्।  त्यसैगरी २४ हजार ७ सय मानिसले काठमाडौं छोडेका छन्।

लकडाउनको समयमा काठमाडौंका विभिन्न नाकाबाट दैनिक २ हजारको संख्यामा अत्यावश्यक सवारी साधन नाकाबाट आवतजावत गर्ने गरेका थिए। सार्वजनिक सवारी साधन संचालनमा आएपछि नाकाबाट बाहिरिने र भित्रिने सवारी संख्या वृद्धि भएको  ट्राफिक प्रहरीले जानकारी दिएको छ।