अन्नपूर्ण मल्टिप्लास्ट उद्योग संचालन, पूर्ण स्वचालित उद्योगबाट प्लास्टिकको थाल र गिलास बन्ने

बिजमाण्डू
२०७७ असोज ७ गते ११:५३ | Sep 23, 2020
अन्नपूर्ण मल्टिप्लास्ट उद्योग संचालन, पूर्ण स्वचालित उद्योगबाट प्लास्टिकको थाल र गिलास बन्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ संक्रमणकै बीचमा हेटौंडा औद्योगिक क्षेत्रभित्र डिस्पोजेवल प्लास्टिकको थाल, कचौरा र गिलास बनाउने उद्योग संचालनमा आएको छ।

चिनियाँ सामानको व्यापार गर्दै आएका निरज राईले अन्नपूर्ण मल्टिप्लास्ट उद्योग लगाएका हुन्। पाँच करोड लगानीमा स्थापना भएको यो उद्योग पूर्णस्वचालित छ।

उद्योगका अध्यक्ष राईले असोज १ गतेदेखि उत्पादन थालेको बताउँदै कोभिड संक्रमणको समयमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकको सामानको उपयोगिता बढेको बताए।

‘कोभिड अगाडिबाटै उद्योग स्थापना गर्न थालेका थियौं। तर अहिले यस्ता सामानको उपयोगिता बढी रहेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘होटल, रेष्टुरेन्ट, अस्पताल लगायतमा खाना सर्भ गर्न प्लास्टिकका डिस्पोजेवल सामान प्रयोग गर्नु उत्तम हुन्छ। ’

उनका अनुसार यस्ता प्लास्टिकका सामान पुर्नप्रयोग गर्न मिल्ने भने हुनुपर्छ। ‘हामीले प्लास्टिकको उत्पादनमा जोड दिएपनि यसको व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ। रिसाइकल हुने गरि यस्ता सामान उत्पादन गराउनेतर्फ सरकारले पनि अनुगमन बलियो बनाउनुपर्छ’ राईले भने।