एनसेलले टिकटक र फेसबुक चलाउने प्याक ल्यायो, ४ सय ५९ रुपैयाँमा ३० दिन निरन्तर चलाउन मिल्ने

बिजमाण्डू
२०७७ असोज ७ गते १३:३७ | Sep 23, 2020
एनसेलले टिकटक र फेसबुक चलाउने प्याक ल्यायो, ४ सय ५९ रुपैयाँमा ३० दिन निरन्तर चलाउन मिल्ने


काठमाडौं। एनसेलका ग्राहकले थप विकल्पसहित सामाजिक संजाल टिकटक र फेसबुक निरन्तर चलाउन पाउने भएका छन्।
कम्पनीले टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखेर ल्याइएको नयाँ प्याक बुधबारदेखि कार्यान्वयनमा आएको छ। ग्राहकले एक दिन वा ३० दिनको प्याक लिएर यो सेवा लिन सक्नेछन्। ग्राहकले मात्र करसहित ३१ रुपैयाँ ९२ मा एक दिनको टिकटक वा फेसबुक प्याक लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार करसहित ४ सय ५९ रुपैयाँ ६८ पैसामा ३० दिनको प्याक पाउनेछन्। ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन ६ जीबी डेटा बोनस पाउने कम्पनीले जनाएको छ।

यो सेवा लिन एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गर्नुपर्नेछ। कम्पनीले सात दिनको समय रहेको टिकटक, फेसबुक वा युट्युब प्याक करसहित १ सय २७ रुपैयाँ ६९ मा र युट्युब र फेसबुकको कम्बो प्याक १ सय ९१ रुपैयाँ ५४ मा पाइने जनाएको छ। सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा पाउने कम्पनीले जनायो।

सात दिन वा ३० दिनको प्याक खरिद गर्ने ग्राहकले यी प्याक सुचारु गर्न हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र करसहित २५ रुपैयाँ ५४ पैसामा ३५०० एमबी  थप फोरजी डेटा पाउने कम्पनीले जनायो। कम्पनीका अनुसार यो डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउन प्रयोग गर्न सक्छन्।