काठमाडौं। नेपाली सांगीतिक समूह १९७४ एडीले नयाँ गीत 'साथीभाइ' सार्वजनिक गरेकाए छ। यो गीतमा विश्वव्यापी रूपमै लोकप्रिय 'द चेन स्मोकर्स'को हिट गीत 'होप'को संगीत प्रयोग गरिएको छ। यो गीत युट्युबमा समेत छ।
टुबोर्ग ओपन अभियानले द चेन स्मोकर्ससँग १९४७ एडीलाई सांगीतिक सहकार्य गर्न प्रोत्साहन गरेको हो। १९७४ एडीको आवाजलाई होपको संगीत मिलाएर बनाइएको यो एक अर्ब भन्दा बढी स्ट्रिम प्राप्त गरेको सिकबोई एल्बममा छ। ‘यो सहकार्यको लागि काम गर्नु हाम्रो लागि निकै रमाइलो अनुभव भयो। महामारी र विशेष परिस्थितीको वातावरणमा हामीले पहिलो पटक यसरी कुनै गीतमा काम गर्यौं,’ १९७४ एडी समूहले भनेको छ, ‘यो अनुभव एकै साथमा रमाइलो र चुनौतीपूर्ण थियो। यस गीतमा सकारात्मक र एकताको सन्देश प्रस्तुत गरिएको छ।’
द चेनस्मोकर्सका एलेक्स पालले सफल समूहसँग काम गर्न पाउँदा खुशी भएको बताए। ‘टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारलाई जोड्न सफल बनाएको छ। टुबोर्ग नभएको भए एक अर्कालाई चिन्न कठिन हुन्थ्यो,’ उनले भने।
नेपाली संगीतका पारखीले #jointhebeat को साथमा सामाजिक सञ्जालमा भएको नयाँ एआर फिल्टर प्रयोग गरेर नयाँ ट्रयाक सुन्न सकिने कम्पनीले जनाएको छ।