ऊर्जा बचत गर्ने तीन उद्योगले पाए अनुदान, एउटै उद्योगले ५३ लाख रुपैयाँसम्म पायो

बिजमाण्डू
२०७७ मंसिर ९ गते १६:०५ | Nov 24, 2020
ऊर्जा बचत गर्ने तीन उद्योगले पाए अनुदान, एउटै उद्योगले ५३ लाख रुपैयाँसम्म पायो


Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत गर्ने तीन उद्योगलाई अनुदान रकम दिएको छ।

इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल अन्तर्गत जर्मन सरकारले यो अनुदान दिँदै आएको छ। बैंकले प्रिमियर अर्गानिक्सलाई ५३ लाख ५१ हजार ५ सय ८४ रुपैयाँ, हुलास स्टील इन्डस्ट्रिजलाई ३३ लाख १५ हजार ६ सय रुपैयाँ, प्रिमियर स्टिललाई १७ लाख ८ हजार ४ सय ५६ रुपैयाँ अनुदान दिएको हो।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेका कारण यी उद्योगले अनुदान पाएका हुन्। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गर्न आग्रह गरे।
    
नेपाल र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले यो कार्यक्रममा सहभागी भएको थियो।

आयोजना अन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, देवेश प्रसाद लोहनी, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्ट्यान्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका निर्देशकहरु क्रमशः गौरव शारडा, हितेश गोल्छा, अभिजीत सिंह  लगायतको उपस्थिति रहेको थियो।