बजार खुलेको १० मिनेटमै नेप्से १९०० अंक पार, उछिन्यो १८८१ को ऐतिहासिक विन्दु

बिजमाण्डू
२०७७ मंसिर ११ गते ११:२८ | Nov 26, 2020
बजार खुलेको १० मिनेटमै नेप्से १९०० अंक पार, उछिन्यो १८८१ को ऐतिहासिक विन्दु


Tata
GBIME
Nepal Life

काठमाडौं। सेयरबजारले बिहीबार ऐतिहासिक उचाइ हासिल गरेको छ। अघिको ऐतिहासिक उचाइ बिन्दु १८८१ लाई पार गर्दै १९०० अंकभन्दा माथि पुगेको हो।

प्रि-ओपन सेसनमा १९ अंकले बढेको बजार नियमित कारोबार सुरु भएसँगै ३३ अंक सम्मले बढेको थियो। १९१५ अंक सम्म पुगेको बजारमा नाफा बुक गर्नेहरु हावी भएपछि बजार तल-माथि हुँदै जाने देखिन्छ।

गत मंगलबारदेखि नै सेयर बजारले करिब साढे दुई वर्षअघिको ऐतिहासिक विन्दु पछ्याउन थालेको थियो । त्यसयता पछिल्लो दुई दिनमै लगभग ९५ अंकले सूचक बढिसकेको छ । सोही लयमा आज बिहीबार पनि बजार नयाँ रेकर्ड बनाउनेतर्फ देखिएको हो।

१९१५ अंकसम्म पुगेको सूचक सवा ११ बजेको हाराहारीबाट केही घट्न थालेको भए पनि यो समाचार तयार पार्दासम्म पनि यसअघिको ऐतिहासिक विन्दुभन्दा अगाडि (१८८६.६९ मा) नै रहेको छ ।