प्रतिदिन परीक्षण घट्दा संक्रमण पुष्टि कम तर मृत्यु दर बढ्दो, संक्रमण घर घर पुग्दा मर्ने बढे

बिजमाण्डू
२०७७ मंसिर १२ गते ११:३३ | Nov 27, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। दशैंपछि नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या उकालो लागेको थियो।

दशैंलगत्तैको पछिल्ला १३ दिनमा २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यसबेला संक्रमण भने बढ्दो थियो। त्यसपछिका केही दिन  मृत्यु हुनेको संख्यामा कमी आएको थियो।

तिहार सकिएसँगै संक्रमण दर पनि कम हुँदै थियो। संक्रमण दर निरन्तर कम देखायो तिहार पछि पनि। तर मृत्यु हुनेको संख्या भने लगातार बढ्दो छ। बिहीवार थप १६१४ जनामा संक्रमण पुष्टि हुँदा २३ जनाको मृत्यु भयो।

तिहारपछि नेपालमा कोरोना संक्रमणका कारण मर्नेको  लगातार बढ्दो छ। भाइटीकाका यताका ११ दिनमा मात्र १९१ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाउँछ। मंसिर १ गते ९ जनाको मृत्यु भएको थियो। त्यसैगरी २ गते १७ जनाको, ३ गते १२ जनाको ४ गते १७ जनाको, ५ गते २२ जनाको, ६ गते ७ जनाको, ७ गते १६ जनाको, ८ गते १६ जनाको, ९ गते २४ जनाको मृत्यु भयो। बुधवारमात्र २८ जनाको मृत्यु भयो।

मृत्यु हुनेमा अधिकांश पाका उमेर समूहका व्यक्ति छन्। चिकित्सककले संक्रमित बढ्दा त्यति चिन्ता गर्नुपर्ने नभएपनि मर्नेको संख्या बढ्नुले संक्रमण नियन्त्रण बाहिर गहिरहेको देखाउने बताएका छन्।

संक्रमण घर घर पुग्दा मर्ने बढे

सरुवा रोग विज्ञ डा. शेरबहादुर पुन हाल संक्रमण धेरैजसोको घरमा पुगिसकरको बताउँछन्। तर पछिल्लो दिनमा परीक्षणको दायरा घटेकाले संक्रमित कमै भेटिएको उनको भनाई छ। धेरैले अहिले टेस्ट नै गर्न छाडेको उनको भनाई छ। 'कोरोना रुघा त हो भनेर भन्ने पनि छन्। त्यसले गर्दा पनि परिक्षण कम देखिएको हो,' उनले भने।

मर्नेको संख्या बढ्नुको कारण चिसो बढ्दै जानुलाई पनि मान्छन् पुन। उनी सामान्य अवस्थामा पनि चिसो मौसममा मर्नेको संख्या धेरै हुनु उनको भनाई छ।

निमोनिया, दमलगायतका रोग लागेकालाई पनि चिसोले समस्या बढ्दा मर्नेको संख्या बढेको उनले बताए। घरमा भएका बुढापाकालाई बाहिर हिँड्डुल गर्नेले संक्रमण सारिरहेकाले अझै यो संख्या बढ्ने उनको तर्क छ। 'चिसोको बेला त्यसै पनि अलि बढी नै संख्या हुन्छ। अहिले घरघरमा संक्रमण पुगेको छ। बुढापाकालाई जोगाउन कठिन भएको त्यस कारणले पनि हो,' उनले भने।

'विज्ञ भनाउँदाले भ्रम फैलाए, सिटी भ्यालुको डर देखाए'

पुनको जस्तै धारणा छ प्रयोगशालविद् डा. अमर नागिलाको पनि। उनी संक्रमण घटेको नभइ बढिरहेको मान्छन्। पछिल्लो केहो समय यता संक्रमित कमै भटिए पनि मर्नेको संख्या बढ्नुले संक्रमण गहिरिएको देखाउने उनको तर्क छ। 'संक्रमण घटेको होइन बरु बढिरहेको देख्छु म। यसका विभिन्न कारण छन्,' उनले भने।

उनी कोरोना परीक्षणमा सिटी भ्यालुले बिरामीको अवस्था चिकित्सकले बताउँदा अलमल भइरहेको बताउँछन्। उनी हाल मानिसहरुले चिनेका विज्ञहरुले भ्रम फैलाएको तर्क गर्छन्। 'राम्रा बिज्ञहरुलाई मानिसहरुले चिन्न पनि सकेका छैनन्। विज्ञहरु जो अहिले भनिएका छन् उनिहरुले अनेकथरी भ्रम फैलाएका छन्। यसले त समस्या बढिरहेका छन्,' उनले भने,' परीक्षण गर्ने कि नगर्ने, सिटी भ्यालुको डर देखाइएको छ। यो सबै भ्रम हो।'

सिटी भ्यालुको आधारमा कोरोना भइरसको नजरअन्दाज गर्नु नै भ्रम भएको उनको भनाई थियो। सिटी भ्यालुले अरुलाई सर्ने नसर्ने भन्ने खासै अर्थ नराख्ने नगीलाको दाबी रह्यो।

देशभर हाल १७ लाख जनाको पीसीआर परीक्षण गरिसकेको छ। जसमध्ये २ लाख २७ हजार ६४० जनामा संक्रमण पुष्टि भइसकेको छ। बिहीवारसम्ममा दुई लाख ९ हजार ४३५ जना निको भइसकेका छन् भने १४१२ जनाको मृत्यु भएको छ। देशभर हाल १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेका छन्।