विराटनगर विमानस्थल स्तरोन्नति गर्न जग्गा अधिग्रहणको निर्णय, कस्तो हुनेछ विमानस्थल

बिजमाण्डू
२०७७ मंसिर १२ गते ११:३९ | Nov 27, 2020
विराटनगर विमानस्थल स्तरोन्नति गर्न जग्गा अधिग्रहणको निर्णय, कस्तो हुनेछ विमानस्थल

Tata
GBIME
Nepal Life

विराटनगर। विराटनगर विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न बाटो खुलेको छ।

संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न मार्ग प्रशस्त भएको हो।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सवराज खरेलले मन्त्रिपरिषद्को बैठकले विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्ने प्रस्तावलाई स्वीकृत गरेको पुष्टि गरे। विराटनगर विमानस्थलमा हाल १ हजार ५ सय मिटरको धावनमार्ग छ। यसलाई ३ हजार मिटरको बनाउने गरी डीपीआर तयार भएको छ। यसका लागि १२६.४ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ।

जग्गा अधिग्रहण गर्न संघीय सरकारले ५० प्रतिशत, प्रदेश १ सरकारको ४० र विराटनगर महानगरपालिकाको १० प्रतिशत दायित्व वहन गर्ने त्रिपक्षीय सम्झौता छ। प्रस्तावित डीपीआरअनुसार हाल टर्मिनल भवन रहेको स्थानमा ट्याक्स-वे निर्माण गरिनेछ। हालको ट्याक्सी-वेमा रनवे बनाइनेछ। हालको विमानस्थलको टर्मिनल भवनदेखि उत्तरतिर नयाँ टर्मिनल भवन हुनेछ।

पर्यटन व्यवसायी एवम् होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईले विराटनगर विमानस्थलको स्तरोन्नति भएपछि यस क्षेत्रको पर्यटन व्यवसायले काँचुली फेर्ने विश्वास व्यक्त गरे।