सुनको मूल्य एक सातामा २७ सय रुपैयाँले घट्यो, शुक्रबार पनि तोलामा २ सयको गिरावट, चाँदी पनि घट्दै

बिजमाण्डू
२०७७ मंसिर १२ गते १२:२३ | Nov 27, 2020
सुनको मूल्य एक सातामा २७ सय रुपैयाँले घट्यो, शुक्रबार पनि तोलामा २ सयको गिरावट, चाँदी पनि घट्दै

 
काठमाडौं। सुनको मूल्यमा आएको क्रमिक गिरावट शुक्रबार पनि जारी रह्यो। अघिल्लो दिनभन्दा शुक्रबार प्रतितोला २ सय रुपैयाँको सामान्य गिरावट आएको हो।

Tata
GBIME
Nepal Life

बजारमा कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार   प्रतितोला ९४ हजार रुपैयाँ थियो। साताको पहिलो दिन गत आइबार ३ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको  थियो।

सोमबार मूल्य स्थिर हुँदै मंगलबार पुनः एक हजार ८  सय रुपैयाँले  घट्दा तोलाको ९२ हजार ५ सय रुपैयाँ भएको थियो। बुधबार पनि एक हजार रुपैयाँले घटेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार मूल्य स्थिर थियो। सुनको मूल्य एक सातामा २ हजार ७ सय रुपैयाँले घटेको छ। 

चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार एक सय ६५ रुपैयाँ छ। बिहीबार प्रतितोला एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रवार प्रतितोला एक हजार २ सय १० रुपैयाँ थियो ।

आइतबार  र सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार ३० रुपैयाले घट्दा प्रतितोला एक हजार एक सय ८० रुपैयाँ भएको थियो। बुधबार पुनः ५ रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ कारोबार भएको थियो। बिहीबार मूल्य स्थिर थियो। चाँदी एक सातामा ३५ रुपैयाँले घटेको छ। 

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बिहान सुन प्रतिऔंस १८०९.४९ डलर र चाँदी २३.२२ डलरमा कारोबार भएको छ।