एक्सेल बैंकले दुई लघुवित्तका संस्थापक सेयर बेच्दै, ६५ हजार कित्ताका लागि बोलपत्र आह्वान

बिजमाण्डू
२०७७ मंसिर १३ गते १२:३७ | Nov 28, 2020
एक्सेल बैंकले दुई लघुवित्तका संस्थापक सेयर बेच्दै, ६५ हजार कित्ताका लागि बोलपत्र आह्वान

Tata
GBIME
Nepal Life

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकले आरएमडीसी र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका आफूसँग रहेका संस्थापक सेयर बेच्ने भएको छ। 

बिक्री प्रबन्धक प्रभु क्यापिटललाई तोकेको बैंकले आरएसडीसीको २५ हजार ५ सय २० र ग्रामीण विकासको ३० हजार कित्ता सेयर बेच्ने तयारी गरेको हो।

आरएमडीसीको प्रतिकित्ता न्यूनतम ४ सय ८५ र ग्रामीणको २ सय ९६ रूपैयाँ नघटनेगरी बोलकबोलमा खरिद गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ। गोप्य सिलबन्दी बोलपत्र आवेदन बुझाउन पुस ५ सम्म बुझाउन सकिने शनिबार प्रकाशित सूचनामा उल्लेख छ।