बबरमहलबाट राणाले गरिन् मतदान, निर्णायक मतको जोडघटाउमा गफिँदै व्यवसायी

बिजमाण्डू
२०७७ मंसिर १३ गते १४:१४ | Nov 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले कार्की ब्यांकेट बबरमहलबाट मतदान गरेकी छन्। विधानमा भएको व्यवस्थाअनुसार निर्वाचन सम्पन्न भएसँगै राणाले महासंघको नेतृत्व शेखर गोल्छालाई हस्तान्तरण गर्नेछिन्।

शनिबार नै अबेरसम्म भए पनि चुनावी नतिजा आउने अनुमान व्यवसायीको छ। महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना मैदानमा रहेको चुनावमा मतदान गरेकाहरू हारजितको अनुमान गर्दै गफिन थालेका छन्।

महासंघमा कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्।
महासंघको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानलसहित प्रतिष्पर्धामा छन्। 

सबैभन्दा बढी मतभार रहेको जिल्ला/नगर आफ्नो पक्षमा पार्न दुवै पक्षले कडा कसरत गरेका छन्। जिल्ला/नगरको ५० प्रतिशत मतभार छ।
टेकु र कमलादीमा भइरहेको मतदानमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ। उम्मेदवार र उनीहरूका सहयोगी मतदान केन्द्र आउन छुटेकाहरूको खोजी गरिरहेका छन्।