२४०० को नजिक पुग्यो नेप्से, ३१ अंकको उछाल आउँदा करिब ८ अर्बको किनबेच, २२ कम्पनीको मूल्यमा सर्किट 

बिजमाण्डू
२०७७ माघ ८ गते १५:१८ | Jan 21, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको अन्तिम दिन सेयर बजारले नयाँ रेकर्ड बनाउँदै बन्द भएको छ। ३१.८४ अंकले बढेको बजार २३७४ अंकमा बन्द भएको छ।

यो नेपाली सेयर बजारको अहिलेसम्मकै उच्च बिन्दु हो। सूचक बढेसँगै कारोबार रकम समेत बृद्धि भएको छ।

बैंकिङ र म्याचुअल फण्ड बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक करिब ५४० अंकले बढेको छ।
यसअघि लगातार सर्वाधिक अंकले बढिरहेको जीवन बीमा समुहको सूचक ४४३ अंकले बढेको छ।

लघुवित्त समुहको सूचक समेत १५४ अंकले बढ्दा विकास बैंक र फाइनान्स समुह ३०/३० अंक भन्दा धेरैले बृद्धि भएको छ। जलविद्युत समुह ६८ अंकले बढेको छ।

२२ वटा कम्पनीमा सर्किट
बिहीबार ३१ अंकले बढेको बजारमा २२ वटा कम्पनीको मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। मूल्य बढेर सर्किट लाग्ने अधिकांश कम्पनीहरु लघुवित्त समुहका छन्।

सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, महिला सहयात्रा लघुवित्त, ग्रामिण विकास लघुवित्त, आशा लघुवित्त, सबैको लघुवित्त, गुरास लघुवित्त, सुर्योदय लघुवित्त, सारथी नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

त्यस्तै शिखर इन्स्योरेन्स, युनाइटेट इन्स्योरेन्स, प्रभु लाइफ, अरुण काबेली पावर, गुर्खाज फाइनान्स, कर्पोरेट डेभलोपमेन्ट बैंक, नेपाल फाइनान्स, माउन्टेन इनर्जी, श्री इन्भेष्टमेन्ट, कर्णाली डेभलोपमेन्ट बैंक, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ।

२०९ कम्पनीका एक करोड ८१ लाख कित्ता सेयर ७ अर्ब ८० करोड रुपैयाँमा किनबेच भएका छन्। बिहीबार पनि नेपाल लाइफको सर्वाधिक ५३ करोड रुपैयाँको कारोबार हुँदा नेको इन्स्योरेन्सको २६ करोड, पुनर्बिमा कम्पनीको २३ करोड, शिखर इन्स्योरेन्सको २२ करोड र नेश्नल लाइफको २१ करोड रुपैयाँको किनबेच भएको छ।

१२ कम्पनीको मूल्य स्थिर रहँदा २८ कम्पनीको मूल्य मात्रै घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।