एनसीसी बैंकको सञ्चालकमा पूर्वमन्त्री बस्नेतसहित ६ जना चयन, अध्यक्षमा न्यौपाने चयन

बिजमाण्डू
२०७७ माघ ९ गते १७:०६ | Jan 22, 2021

Tata
GBIME
Nepal Life

काठमाडैं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारणसभाले लाभांश पारित गरेको छ।

बैंकको सभाले १०.२६ प्रतिशत बोनस सेयर र जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

सभाबाट संस्थापक समूहबाट तीन र सर्वसाधारणबाट एक जना महिलासहित तीन सञ्चालक चयन गरेको छ। सञ्चालक चयनपछि बसेको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।

न्यौपाने, मोहनबहादुर बस्नेत, इमानसिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान सञ्चालक चयन भएका छन्। बस्नेत पूर्व मन्त्रीसमेत हुन्।

बोनस सेयरपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।