बैंकहरुको शाखा अनुगमन गर्न ‘आउटसोर्स’ गर्दै राष्ट्र बैंक: एक्यानले भन्यो- उपयुक्त निर्णय

बिजमाण्डू
२०७७ माघ १४ गते १४:४० | Jan 27, 2021


काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आन्तरिक लेखापरीक्षकबाट बैंक तथा वित्तीय संस्थाहरुको शाखा लेखापरिक्षण गर्न संभव नभएको भन्दै 'आउटसोर्स' गर्नु उपयुक्त निर्णय भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले आगामी वर्षबाट बैंकका शाखाहरुको पनि अडिट गर्ने भएको छ। यसका लागि उसले आउटसोर्स गर्ने तयारी गरिरहेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो शाखा संख्या हुँदा बाह्य तथा आन्तरीक लेखापरीक्षणले मात्र सबै शाखाको लेखापरीक्षण गर्न सम्भव नभएको भन्दै संघले बढ्दो शाखा संख्यासँगै ऋण तथा निक्षेप रकमको हिनामिना, अपचलन लगायतका बैंकिङ फ्रडहरु बढ्दै जाने र उक्त जोखिमलाई न्यूनीकरण गर्ने अन्तर्राष्ट्रिय अभ्यासका रूपमा शाखा लेखापरीक्षणको माग नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले राष्ट्र बैंकसँग राखेको जनाएको छ।

संघले बिजमाण्डूमा प्रकाशित 'संस्थागत क्षमता कमजोर बनाउदै शाखा अनुगमन गर्न 'आउटसोर्स' गर्दै राष्ट्र बैंक' भन्ने समाचारमा प्रयोग भएको भाषाप्रति चित्त दुखाएको छ। 

समाचारमा 'चोरलाई नै चाबी दिए जस्तो हुने' भन्ने वाक्यांश परेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको छ। 

चार्टड एकाउन्टेन्ट्स फर्मले संवेदनशील सुचना ऋणी कम्पानीलाई चुहाउन सक्ने भन्ने भनाई उल्लेख गरिएको समाचारले सम्पूर्ण पेसाकर्मीको पेशागत इमान्दारिता र विश्वसयनीयतामा शंका खडा गरेको जनाएको छ।