ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २६७ पुग्यो

बिजमाण्डू
२०७७ माघ २० गते १८:२१ | Feb 2, 2021
ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २६७ पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले मंगलबार थप तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सुनसरीको रामधुनी नगरपालिका-५, झुम्का, दाङको लमही नगरपालिका-५, लमही र पूर्वी रुकुमको सिस्ने गाउँपालिका-६, छिप्रिदहमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या दुई ६७ पुगेको बैंकले जनाएको छ। त्यस्तै बैंकले ४७ वटा एक्स्टेन्सन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ सेवा तथा दुई ४० एटीएम र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको छ।

बैंकका ग्राहक हाल २१ लाखभन्दा बढी रहेको जारी विज्ञप्तिमा जनाइएको छ।