सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बुझे एक वर्षमा एक करोड ४५ लाख रुपैयाँ पारिश्रमिक

बिजमाण्डू
२०७७ फागुन ९ गते ०९:२३ | Feb 21, 2021
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बुझे एक वर्षमा एक करोड ४५ लाख रुपैयाँ पारिश्रमिक


Tata
GBIME
Nepal Life

काठमाडौं। सिभिल बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई एक वर्षमा एक करोड ४५ लाख ५९ हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ।

यसभित्र भत्ता, नाफाबाट बोनस, सञ्चय कोष सुविधा पनि पर्छ। उनले दसैं भत्ता मात्रै ७ लाख ६७ हजार ९ सय रुपैयाँ बुझेका छन्। गत वर्षको नाफाबाट बोनसबापत ३१ लाख ५८ हजार रुपैयाँ बुझेका छन्।

बैंकले आइतबार साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार तलबबापत ६५ लाख ४ हजार रुपैयाँ र भत्ताबाहेक ३४ लाख ७८ हजार बुझेका छन्। 

यद्यपी उनले अघिल्लो वर्ष कुल एक करोड ४३ लाख रुपैयाँ बुझेका थिए। गुरुङले बुझेजति सबै पैसा भने घर लैजान पाउँदैनन्। ३६ प्रतिशत हाराहारी कर सरकारलाई बुझाएका छन्।

बैंकले एक वर्षमा कुल कर्मचारी खर्च ७९ करोडबाट बढाएर एक अर्ब ४ करोड पुर्‍याएको छ। कार्यालय सञ्चालन खर्च ६४ करोड ६६ लाखबाट बढाएर ६९ करोड १५ लाख रुपैयाँ पुर्‍याएको छ। 

बैंकको साधारणसभाले ८ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव पारित गर्नेछ। यसबाहेक कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पनि वितरणको प्रस्ताव अनुमोदन गर्ने छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ६४ करोड रुपैयाँले बढ्ने छ।