सिद्धान्तलाई पुष्पतारा केडिया फाउन्डेसन र बृज सिमेन्टको सहयोग, घर बनाउन सिमेन्ट दियो

बिजमाण्डू
२०७७ फागुन १० गते १०:२१ | Feb 22, 2021


काठमाडौं। पुष्पतारा केडिया सेवा फाउण्डेसनको सहकार्यमा वृज सिमेन्टले नेपाल स्टारका उत्कृष्ट ६ मा परेका सिद्धान्त खड्कालाई घर बनाउन सिमेन्ट उपलब्ध गराएको छ।

Tata
GBIME
Nepal Life

सांगीतिक रियालिटी शो नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको थियो।

यसै अनुसार उनलाई घर बनाउन सिमेन्ट दिइएको वृज सिमेन्टले जनाएको छ।

कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक मोहित केडियाले गायक सिद्धान्त खड्काको सम्पूर्ण आवास निर्माणका लागि चाहिने सिमेन्ट वृज सिमेन्टले उपलब्ध गराइदिने प्रतिबद्धता जनाएका थिए।

सिद्धान्त खड्का नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरि उत्कृष्ट छैटौं स्थानबाट भोटको आधारमा बाहिरिएका थिए। वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले उनको झापा जिल्लाकोे केर्खामा अवस्थित आफनै निवासमा उद्योगको कारखाना रुपन्देहीबाट कम्पनीले नै ढुवानी गरिदिएको जानकारी दिएको छ।