आइतबारदेखि निफ्रा र नागरिक लगानी कोष एउटै समूहमा रहने, चन्द्रागिरी हिल्स होटल तथा पर्यटनमा

बिजमाण्डू
२०७७ फागुन १५ गते ११:३९ | Feb 27, 2021
आइतबारदेखि निफ्रा र नागरिक लगानी कोष एउटै समूहमा रहने, चन्द्रागिरी हिल्स होटल तथा पर्यटनमा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारदेखि निफ्रा र नागरिक लगानी कोषको सेयरलाई एउटै समूहमा राख्ने भएको छ।

यस अघि अन्य समूहमा सूचीकृत विभिन्न कम्पनीलाई लगानी समूह र होटल तथा पर्यटन समूहमा बाँडिएको नेप्सेले जनाएको छ।

लगानी समूहमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नागरिक लगानी कोष (सीआइटी) का साथसाथै एनआरएन इन्फ्रास्ट्रक्चर बैंक (एनआरएन) र जलवियुत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)लाई समावेश गरिएको छ।

त्यस्तै होटल समूहको नाम परिवर्तन गरि होटल तथा पर्यटन समूह कायम गरिएको छ। यस अघि अन्य समूहमा सूचीकृत चन्द्रागिरी हिल्स (सीजीएच)को सेयरलाई यसै समूहमा राखिएको छ। यस अघि यो समूहमा सोल्टी, हायात, याक एण्ड यती र र्‍याडिसन होटल रहेका थिए।

यस अघि ११ वटा उपसमूह रहेको नेप्सेमा फागुन १६ गतेदेखि १२ वटा उपसमूह कायम गरेर सेयर बजारको विश्लेषण गरिने भएको हो।