८ महिनापछि सुनको भाउ तोलाको साढे ८६ हजारमा आइपुग्यो, चाँदी पनि ३० रुपैयाँ सस्तो

बिजमाण्डू
२०७७ फागुन २० गते १२:०६ | Mar 4, 2021
८ महिनापछि सुनको भाउ तोलाको साढे ८६ हजारमा आइपुग्यो,  चाँदी पनि ३० रुपैयाँ सस्तो

Tata
GBIME
Nepal Life

काठमाडौं । सुनको मूल्य  बिहीबार अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीवारका लागि कारोबार मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आठ महिनापछि सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ भएको हो । 

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ८५ रुपैयाँ कायम भएको छ । बुधवार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भएकोग थियो ।