वीरगंजको विद्युत प्राधिकरण वितरण केन्द्र स्मार्ट बन्दै, सबै सेवा एकै थलोमा पाइने कक्ष बन्यो

बिजमाण्डू
२०७७ फागुन २२ गते १७:०५ | Mar 6, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। नेपालविद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजमा एकीकृत सेवा उपलब्ध गराउने कक्ष शुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोजुकमार सिंहले उक्त कक्षको शुभारम्भ गरे।

प्राधिकरणमा सेवाग्राहीलाई महशुल बुझाउने बाहेक हरेक प्रकारको सेवा एउटै थलोबाट उपलब्ध गराउने उदेश्यले उक्त स्मार्ट सिस्टमयुक्त सोधपुछ तथा एकीकृत कक्ष सञ्चालनमा ल्याइएको उनले  जानकारी दिए।

उनले भने-'देशको विभिन्न वितरण केन्दमा सेवाग्राहीलाई कम समयमा चुस्त र पारदर्शी सेवा दिने हाम्रो लक्ष्य छ, त्यसैका लागि  वीरगंजमा यस्तो कक्ष शुरु गरिएको हो।'

कुनै प्रकारको सेवाबारे जानकारी, मिटर लिने, मिटर परिवर्तन, नामसारी, ठाउँसारीलगायतको सबै काम एउटै कोठाबाट हुने उनले बताए।

यदि कुनै फाइल अरु शाखामा  लैजानु पर्यो भने उक्त काम वितरण केन्द्रका कर्मचारीहरुले नै सबै काम गर्ने बताइएको छ।

त्यहाँ अन्य सेवाको राजश्व पनि लिइने वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियत रायले बताए ।