माछापुच्छ्रे बैंकद्वारा कलैया तरकारी बजारमा क्यूआर कोड हस्तान्तरण, क्यूआर भुक्तानी सुरक्षित

बिजमाण्डू
२०७७ फागुन २२ गते १७:०५ | Mar 6, 2021
माछापुच्छ्रे बैंकद्वारा कलैया तरकारी बजारमा क्यूआर कोड हस्तान्तरण, क्यूआर भुक्तानी सुरक्षित

Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंक कलैया शाखाले कलैया तरकारी तथा फलफूल बजारका ४५ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ।

नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक डा. राजनकृष्ण पन्त, कलैया उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीप साह (गोल्डेन)लगायतले पसलमा किनमेल गरेर क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए।

कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश २ का प्रादेशिक प्रबन्धक डिल्लीराम गिरी, राष्ट्र बैंक वीरगंज कार्यालयका सहायक निर्देशक अमिष शर्मा, कलैया तरकारी बजारका अध्यक्ष दीपलाल साह, उपाध्यक्ष अजयकुमार गुप्ता, सचिव आलम अन्सारी, माछापुच्छ्रे बैंकका कलैया शाखा प्रमुख रामजी दास र वीरगंज शाखा प्रमुख मनीष उपाध्याय लगायतको उपस्थिति थियो।

राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक पन्तले क्यूआर कोड भुक्तानी प्रणाली सुरक्षित, भरपर्दो विश्वासिलो बनाउन गाइडलाइन ल्याइसकेको बताए।