दूरसञ्चार र आइएसपीहरुको साइबर सुरक्षालाई आवश्यक सूचना प्रणाली र क्लाउड अडिटर छानिए

बिजमाण्डू
२०७७ फागुन २३ गते ११:५४ | Mar 7, 2021
दूरसञ्चार र आइएसपीहरुको साइबर सुरक्षालाई आवश्यक सूचना प्रणाली र क्लाउड अडिटर छानिए

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुको साइबर सुरक्षा अडिट गराउने कम्पनीहरु तय गरेको छ। 

प्राधिकरणले यसै वर्षदेखि लागू गरेको साइबर सुरक्षासम्बन्धी विनियमावलीको प्रावधानअनुसार सूचना प्रणाली अडिटर (आइएस अडिटर) र क्लाउड अडिटर कम्पनीहरुको रोस्टरलाई अन्तिम रूप दिएको छ।

आइएस र क्लाउड अडिटरको सूचीमा भारत र युएईसँगै नेपाली कम्पनीहरु छन्। उक्त सूचीमा सात कम्पनीमध्ये तीन कम्पनी भारतीय छन्। एउटा कम्पनी भने नेपाली र भारतीय संयुक्त हुन्। भारतीय कम्पनी एप्टिसा इण्डिया लिमिटेड, बीडीओ इण्डिया एलएलपी र प्राइसवाटर हाउस कुपर्स छन्।

यस्तै, भारतीय कम्पनी आनन्द जङ्गिद एण्ड एसोसिएट्स र एभरेष्ट टेलिकम एण्ड आइटी सोलुसन्ससँगको सहकार्यमा नेपाली कम्पनी आनन्द जङ्गिद एण्ड एसोसिएट्स छानिएको छ। युएईको एस-३ टेल छानिएको छ। नेपाली कम्पनीहरु एमीनेन्स वेज र बिजसर्भ आइटीलाई प्राधिकरणले सूचना प्रणाली अडिटरको रूपमा छानेको छ।