सुनको मूल्य तोलामा ५ सयको बढोत्तरी, अन्तर्राष्ट्रिय बजारमा बढे पनि चाँदीको मूल्य स्थिर

बिजमाण्डू
२०७७ फागुन २३ गते १२:१६ | Mar 7, 2021
सुनको मूल्य तोलामा ५ सयको बढोत्तरी, अन्तर्राष्ट्रिय बजारमा बढे पनि चाँदीको मूल्य स्थिर

Tata
GBIME
Nepal Life

काठमाडौं। गत शुक्रबारसम्म लगातार घटेको सुनको भाउ आइतबार बढेको छ। 

शुक्रबारका तुलनामा ५ सय रूपैयाँ बढ्दै आइतबार ८६ हजार १ सय रूपैयाँ प्रतितोला भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
गत बिहीबारका तुलनामा शुक्रबार नौ सय रुपैयाँ सस्तिँदा शुक्रबार प्रतितोला ८५ हजार ६ सय रूपैयाँ भएको थियो।  

चाँदीको कारोबार मूल्य अन्तर्राष्ट्रिय बजारमा सामान्य बढोत्तरी भए पनि नेपाली बजारमा भने शुक्रबारकै भाउमा स्थिर छ। गत बिहीबारका तुलनामा २५ रूपैयाँको गिरावट आउँदा शुक्रबार कारोबार मूल्य प्रतितोला १२ सय ५० भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १७०१.०६ डलरमा कारोबार भएको छ। गत शुक्रबार प्रतिऔंस १६९२.७९ डलरसम्म आइपुगेको थियो।

चाँदी पनि सामान्य बढोत्तरी देखिएको छ। गत शुक्रबार २५.१७ डलरमा कारोबार भएको चाँदी आइतबार बिहान प्रतिऔंस २५.२४ डलर भएको छ।