क्लासिक टेकले नेपालगंजमा खोल्यो शाखा, हरेक साना गाउँमा इन्टरनेट पुर्‍याउने लक्ष्य

बिजमाण्डू
२०७७ फागुन २३ गते १७:०६ | Mar 7, 2021
क्लासिक टेकले नेपालगंजमा खोल्यो शाखा, हरेक साना गाउँमा इन्टरनेट पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो १०१ औं आउटलेट नेपालगंजमा स्थापना गरेको छ। 

कम्पनीले सुदुरपश्चिम प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले यो शाखा संचालनमा ल्याएको हो। क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्त रुपमा नेपालगंज आउटलेट उद्घाटन गरेका थिए। आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फैबर स्टाफ र मार्केटिंग गरेर ४५ जना कर्मचारी छन्।

नेपालगंजको पुष्पलाल चोकबाट तीन सय मिटर उत्तरमा संचालनमा ल्याएको नयाँ शाखाबाट कम्पनीले हरेक साना गाउँहरुमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ। यसअघि नेपालगंज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएको कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ।

Tata
GBIME
Nepal Life

घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुने कम्पनीले जनायो। कम्पनीले धमाकेदार अफर अन्तर्गत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने जनाएको छ।