ज्योति लाइफमा साढे ११ लाखले दिए साढे दुई करोडभन्दा बढी सेयरको आवेदन, अझै तीन दिनमा कतिले भर्लान्

बिजमाण्डू
२०७७ फागुन २३ गते १८:१० | Mar 7, 2021
ज्योति लाइफमा साढे ११ लाखले दिए साढे दुई करोडभन्दा बढी सेयरको आवेदन, अझै तीन दिनमा कतिले भर्लान्

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको सेयरको प्राथमिक निष्कासन (आइपीओ) को तीन दिनमा साढे ११ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

Tata
GBIME
Nepal Life

कम्पनीले फागुन २१ गते शुक्रबारबाट आइपीओ खुला गरेको थियो । आज तेस्रो दिन बेलुका ५ बजेसम्ममा ११ लाख ५९ हजार ७०३ जनाबाट दुई करोड ५३ लाख ४६ हजार चार सय १० कित्ता सेयरका लागि आवेदन परेको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

ज्योति लाइफको कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत अर्थात् ६६ करोढ रुपैयाँबराबरको कुल ६६ लाख कित्ता साधारण सेयर जारी भएको हो । 

सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि जारी सेयरको ५/५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ताका दरले छुट्याइएको छ । १०० रुपैयाँ अंकित दरका बाँकी ५९ लाख ४० हजार कित्ता सेयरमा अन्य सर्वसाधारणका लागि आवेदन खुलाइएको हो ।

सेयर भर्ने अन्तिम मिति फागुन २६ बुधबार दिउँसो ५ बजेसम्म छ।