मिर्मिरेले स्वेडा लघुवित्तलाई गाभेपछि एफपीओ जारी गर्ने, एजीएममा प्रिमियममा जारी गर्ने एजेण्डा

बिजमाण्डू
२०७७ फागुन २४ गते ०८:५६ | Mar 8, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पनि चैत १८ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले लाभांश पारित गर्ने छ।

कम्पनीले ९.१९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। बोनस पारितपछि तीन करोड ६४ लाख रुपैयाँले पुँजी बढ्ने छ।

कम्पनीले कर प्रयोजनका लागि ०.४८ प्रतिशत नगद लाभांश पनि पारित गर्ने छ। सभामा सञ्चालकको नयाँ नियुक्ति र राजीनामाको जानकारी तथा अनुमोदन गर्ने पनि एजेण्डा छ।

यसबाहेक स्वेडा लघुवित्तलाई गाभ्ने एजेण्डा पनि राखिएको छ। स्वेडाका तत्कालिन संस्थापक सेयरधनीलाई पुँजी बढाउन पैसा जम्मा गरिसकेका छन्।

स्वेडालाई गाभेपछि संस्थापक र साधारण सेयरधनीको हिस्सा तलमाथि भए त्यसलाई मिलान गर्न प्रिमियममा एफपीओ जारी गर्ने पनि एजेण्डा साधारणसभामा लगिँदैछ।