विद्यार्थीले प्रभु बैंकको हेडक्वाटर अवलोकन गरे, कार्य सम्पादन बारे सिइओ शेरचनले जानकारी गराए

बिजमाण्डू
२०७७ फागुन २४ गते १२:०० | Mar 8, 2021
विद्यार्थीले प्रभु बैंकको हेडक्वाटर अवलोकन गरे, कार्य सम्पादन बारे सिइओ शेरचनले जानकारी गराए

Tata
GBIME
Nepal Life

काठमाडौं। सिन्धुपाल्चोकको तालमराङ गाउँपालिकामा रहेको तेर्से माध्यमिक र बतासे माध्यमिक विद्यालयका विद्यार्थीले अनामनगरमा रहेको प्रभु बैंकको प्रधान कार्यालय अवलोकन गरेका छन्।

दुवै विद्यालयका ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीले बैंकबाट सम्पादन हुने कामका बारेमा जानकारी लिएका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकबाट हुने कामका बारेमा जानकारी गराएका थिए।

उनले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरे। कार्यक्रममा ब्राण्ड एम्बेस्डर प्रकाश सपुत पनि थिए।