सेयरमा महिला लगानीकर्तालाई आकर्षित गर्न नबिल इन्भेष्टमेन्टको आकर्षक अफर

बिजमाण्डू
२०७७ फागुन २४ गते १२:०४ | Mar 8, 2021
सेयरमा महिला लगानीकर्तालाई आकर्षित गर्न नबिल इन्भेष्टमेन्टको आकर्षक अफर

Tata
GBIME
Nepal Life

काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङले महिला लगानीकर्तालाई लक्षित गर्दै पहिलो वर्ष लाग्ने वार्षिक शुल्कमा पूर्ण छुट दिएको छ।

कम्पनीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सेयर बजारमा महिलाको लगानी प्रोत्साहन गर्न यो छुट दिएको जनाएको छ। यो योजना मार्च महिनासम्म कार्यान्वयनमा आउनेछ।

सेयर बजारमा लगानी गर्ने चाहना भएको तर बजारको बारेमा ज्ञान नभएका महिला लगानीकर्ताले समेत यो सुविधा पाउने कम्पनीले जनाएको छ।