आङछिरिङ स्मृति गल्फ टुर्नामेन्ट: पूर्व बैंकर सुमन जोशी बने विजेता, जिते कियाको सोनेट कार

बिजमाण्डू
२०७७ फागुन २४ गते १२:१० | Mar 8, 2021
आङछिरिङ स्मृति गल्फ टुर्नामेन्ट: पूर्व बैंकर सुमन जोशी बने विजेता, जिते कियाको सोनेट कार

Tata
GBIME
Nepal Life

काठमाडौं। गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा भएको पहिलो प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता सुमन जोशी बनेका छन्। उनी पूर्व बैंकर हुन्।

यती ग्रुपले आयोजना गरेको टुर्नामेन्ट ५ र ६ मार्च २०२१ मा सम्पन्न भएको थियो। प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए।

प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एकपटक होल इन वान प्रहार गर्ने मौका पाएका थिए।

जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन्।