महामारी तथा स्थानीय स्वास्थ्य संरचना अभिवृद्धिमा नबिल बैंकको साथ

बिजमाण्डू
२०७७ फागुन २४ गते १२:५८ | Mar 8, 2021
महामारी तथा स्थानीय स्वास्थ्य संरचना अभिवृद्धिमा नबिल बैंकको साथ

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड–१९ महामारीविरूद्ध लड्न नबिल बैंकसहितका संघसंस्थाले स्वास्थ्य संरचना अभिवृद्धिमा काम गर्ने भएका छन्।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, स्वास्थ्य मन्त्रालय, एशियाली प्रकोप तत्परता केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र चौधरी फाउण्डेसनले स्थानीयस्तरमा अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको संयुक्त पहल गर्ने जनाएको छ। 

महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि ६ प्रदेशहरुमा एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको बैंकले जनाएको छ। आगामी हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन प्रकोप एवम् महामारीका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ। 

दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका दुई सय ८० भन्दा बढी अग्रपक्तिका स्वास्थ्यकर्मीहरूले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएको आयोजकले जनाएको छन्। राष्ट्रिय साझेदारी कार्यशालाले प्रदेशहरूका मुद्दा, चुनौती, अनुभव र शिक्षालाई बाँड्न महत्वपूर्ण मञ्च प्रदान गर्ने बताइएको छ।

सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न पनि ठोस् अनुगमन कार्यहरूको गतिलाई जारी राख्न पनि यो महत्वपूर्ण हुने बताइएको छ। स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा सार्वजनिक–निजी साझेदारीको निरन्तर पहल हुने आयोजकले जनाएको छ।

कोभिड–१९ जस्ता महामारीको बेला सरकार र नागरिक समाजहरूको पहललाई सहयोग पुर्‍याउन निजी क्षेत्रले स्थानीयरूपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरु चाल्ने बताइएको छ।