पठाओमा १६ सय महिला राइडर आबद्ध, नारी दिवसमा उत्कृष्ट २५ महिला राइडर सम्मानित

बिजमाण्डू
२०७७ फागुन २४ गते १७:३१ | Mar 8, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नारी दिवसको अवसरमा राइड सेयरीङ प्लाटफर्म पठाओले आफ्नो कम्पनीमा कार्यरत उत्कृष्ट २५ महिलालाई सम्मान गरेको छ।

सोमबार आयोजित कार्यक्रममा कम्पनीकी बजार प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट दिइ सम्मान गरिन् । 

महिला सशक्तिकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएका कारण पठाओमा महिला दिदीबहिनीको सहभागिता प्रेरणादायी रहेको उनले बताइन्। 

कम्पनीमा हाल करिब एक हजार छ सय जना महिला राइडर आवद्ध रहेको जनाइएको छ।

यसमध्ये करिब तीन सयजना महिला दैनिक सक्रिय रहेका छन्। कम्पनीका अनुसार कार्यरत महिलाको औसत कमाई मासिक करिब तीस हजार रुपैयाँ रहेको छ।