५ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने युरेनियमसहित ४ जना पक्राउ, परीक्षण गर्दा ठहरियो – सक्कली

सविन ढकाल/बिजमाण्डू
२०७७ फागुन २८ गते १५:५८ | Mar 12, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। पहिलो पटक साढे दुई किलोग्राम युरोनियम सहित नेपालमा मानिस पक्राउ परेका छन्।

ठूलो परिणाममा युरेनियम नै जफत भएको यो पहिलो घटना हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आइजी हरिबहादुर पालका अनुसार २ सय ३८ क्यारेटको युरेनियम जफत भएको छ भने ४ जना पक्राउ परेका हुन्।

पालका अनुसार जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ। राजधानीको बौद्धमा रहेको एउटा घरबाट युरेनियम जफत भएको हो।

पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको जनाएको प्रहरीको दावी छ।

प्रहरीले हिजो युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको हो। पालका अनुसार उनीहरुसँग भेटिएको पदार्थ राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा सक्कली पुष्टि भएको हो।

पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामा, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्। नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापकै बागजोरका हुन्। न्यौपाने भने सिन्धुली सुनकोशीका हुन्।