सिंगटी हाइड्रो इनर्जीको सेयर आजबाट सर्वसाधारणलाई, २६ लाख ९७ हजार कित्ता छुट्याइयो

बिजमाण्डू
२०७७ चैत्र ६ गते १०:३६ | Mar 19, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रभावितलाई सेयर जारीपछि आम सर्वसाधारणलाई पनि सेयर जारी गरेको छ। कम्पनीले आजबाट सेयर जारी गरेको हो।

कम्पनीले चैत १० गतेसम्म सेयरका लागि दर्खास्त खुला गरेको जनाएको छ। १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ९७ हजार कित्ता सेयर जारी गरेको हो।

सेयरका लागि कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले कुल २९ लाख कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये ५८ हजार कित्ता कर्मचारी र एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई दिने छ।

कम्पनीले गत माघमा आयोजना प्रभावितलाई सेयर जारी गरेको थियो। उनीहरुका लागि १४ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो। 

कम्पनीले २५ मेगावाटको परियोजना विकास गरिरहेको छ। यसको प्रति मेगावाट लागत २२ करोड रुपैयाँ छ। कम्पनीको अध्यक्ष बटु लामिछाने हुन्।

उनले अहिले अन्य परियोजनाको पनि प्रवर्द्धन गरिरहेका छन्। आयोजनामा कार्यकारी सञ्चालक गणेश कार्की छन्। डोल्मा लमिनी, नरेन्द्र बल्लभ पन्त, देवेस प्रसाइँ, सुदीपराज प्रसाइ र रजनी थापा सञ्चालक छन्।