ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा संचालनमा, देशभर शाखा संख्या २ सय ७३ पुग्यो

बिजमाण्डू
२०७७ चैत्र १३ गते १३:२० | Mar 26, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले नवलपरासी जिल्लाको रामग्रामनगरपालिका ३, परासीमा नयाँ शाखाबाट कारोबार थालेको छ। यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका ४  कन्चनबारी  तथा  झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित  भद्रपुरमा पनि नयाँ शाखा संचालनमा ल्याएको छ।

तीनवटा नयाँशाखा सञ्चालनमा आएसँगै बैंकको देशभर शाखा कार्यालयहरुको संख्या २७३ पुगेको बैंकले जनाएको छ ।

बैंकले देशका ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जालसहित २४२ एटिएम, ४७एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ।