सिप्रदी ट्रेडिङले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई गाडी किन्दा विशेष छुट दिने, यस्तो छ छुट

बिजमाण्डू
२०७८ बैशाख २० गते १२:०९ | May 3, 2021
सिप्रदी ट्रेडिङले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई गाडी किन्दा विशेष छुट दिने, यस्तो छ छुट

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोरोना भाइरसको विरुद्ध अग्रपंक्तिमा कार्यरतका लागि विशेष छुट योजना ल्याएको छ।

कम्पनीले अहिले टाटाका जुनसुकै प्यासेन्जर भेहिकल खरिद गर्दा डेढ लाख रुपैयाँ छुट दिएको छ। त्यस बाहेक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ५० हजार रुपैयाँ छुट, अरु गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस र टाटाको गाडी साट्दा ३० हजार लोयल्टी बोनस दिने कम्पनीले जनाएको छ। कम्पनीले गाडी होम डेलिभरीको सुविधा पनि दिएको छ।

यो योजना मे महिनाभरि कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ। कम्पनीले गाडी मर्मत, पार्टपूर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा २४सै घण्टा दिने जनाएको छ। कम्पनीको १६६००१५५७७७ वा ९८०१५७५७७७मा टेलिफोन गरेर सेवा लिन सकिने विज्ञप्तिमा उल्लेख छ।