कोरोना सङ्क्रमणका कारण हाइटेक र एसटी फेब्रिक्स कार्पेटका सञ्चालक टिवडेवालाको निधन 

बिजमाण्डू
२०७८ बैशाख २७ गते ०९:२४ | May 10, 2021
कोरोना सङ्क्रमणका कारण हाइटेक र एसटी फेब्रिक्स कार्पेटका सञ्चालक टिवडेवालाको निधन 


Tata
GBIME
Nepal Life

बिराटनगर। मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवम् युवा उद्यमी सुनिल टिवडेवालाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।

उद्यमी टिवडेवाला विगत एक हप्तादेखि विराट टिचिङ अस्पतालमा उपचाररत थिए।

उनका हाइटेक कार्पेट र एसटी फेब्रिक्स कार्पेट गरी दुई कार्पेट उद्योग सञ्चालनमा छन्। साथै नवीन डिस्टिब्युटर्स नामको व्यापारिक प्रतिष्ठानबाट उनी देशभरि इलेक्ट्रोनिक सामग्रीको आयात र कारोबार गर्दथे।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले ४५ वर्षको उमेरमै विराटनगरले सुनिलजस्तो एक असल, उत्साही र सक्षम उद्यमी गुमाएको बताए।