सुनको मूल्य बढेको बढ्यै, मंगलबार तीन सय रुपैयाँले बढ्यो, तोलाको ९२३०० रुपैयाँ कायम

बिजमाण्डू
२०७८ बैशाख २८ गते ११:१५ | May 11, 2021
सुनको मूल्य बढेको बढ्यै, मंगलबार तीन सय रुपैयाँले बढ्यो, तोलाको ९२३०० रुपैयाँ कायम

काठमाडौं। सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ बढेको छ। योसँगै सुन तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको भाउ तोलाको दुई सय रुपैयाँ बढेको थियो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेकोले त्यसको प्रभाव स्थानीय बजारमा परेको छ। मंगलबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी तोलाको १५ रुपैयाँ घटेर १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८३५ .९४ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २७ .३५ डलरमा कारोबार भइरहेको छ । सोमबार  सुन प्रतिऔंस १८३३ .७९ डलर र चाँदी  प्रतिऔंस २७.७१ डलरमा कारोबार भएको थियो।