भिडभाड बढेपछि बैंकले शाखा खोल्न थाले, समय पनि बढ्यो, बीमाका शाखाहरु बिहीबारबाट बन्द

बिजमाण्डू
२०७८ बैशाख २९ गते १२:३० | May 12, 2021
भिडभाड बढेपछि बैंकले शाखा खोल्न थाले, समय पनि बढ्यो, बीमाका शाखाहरु बिहीबारबाट बन्द

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञामा पनि भिडभाड बढेपछि नेपाल बैंकर्स संघले राष्ट्र बैंकको सहमतिमा शाखाहरु ३/४ बजेसम्म पनि खोल्न सदस्य बैंकहरुलाई भनेको छ।

राष्ट्र बैंकले कर्पोरेट कार्यालय एक चौथाइ कर्मचारीबाट मात्र चलाउन भनेको छ। शाखाका बारेमा केही पनि भनेको छैन। शाखाहरु अहिले पनि ४ देखि ६/७ कर्मचारीबाट चलिरहेका छन्।

कर्मचारी थपेर चलाउँदा पनि भिडभाड कम नभएपछि शाखा थप्न पनि संघले भनेको छ। अहिले कतिपय बैंकहरुले भिडभाड बढेपछि खुल्ने शाखा बढाएका छन्।

'कम हुँदा भिडभाड हुने भयो। त्यसलाई ब्यवस्थापन गर्नका लागि अन्य शाखा पनि खोल्न थालेका छौं' बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, 'सेवा समय बढाउन पनि भनेका छौं।'

उपत्यकामा २५ शाखा हुनेले १२/१३ वटा मात्रै खोल्दै आएका थिए। भिडभाड बढेपछि २० वटासम्म खोल्न थालेका छन्। बैंकको प्रकृति अनुसार भिडभाड देखिएको छ। कतिपय बैंकका शाखा खाली-खाली छन् भने कतिपयको बाहिर लामो लाइन छ।

यता बीमा समितिले भिडभाड बढेको भन्दै शाखा कार्यालयहरु बन्द गर्न बीमा कम्पनीहरुलाई निर्दशन दिएको छ। बिहीबारबाट उपत्यकाका सबै शाखाहरु बन्द हुने छन्।