शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पताललाई ५० बेड र स्वास्थ्य सामाग्री दियो, थप सय वटा दिँदै

बिजमाण्डू
२०७८ बैशाख २९ गते १४:३० | May 12, 2021
शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पताललाई ५० बेड र स्वास्थ्य सामाग्री दियो, थप सय वटा दिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र तीन हजार के-९० मास्क दिएको छ।

यो ब्लकलाई अहिले कोभिड बिरामीका लागि डेडिकेटेड युनिफाइड कमाण्ड अस्पतालमा रुपान्तरण गरिएको छ। केही दिन अगाडि मात्रै आवश्यक पूर्वाधार राखेर अस्पताल संचालनमा ल्याइएको हो। यो अस्पतालका लागि डेढ सय बेड, पीपीइ लगायतका सामाग्री उपलब्ध गराउने यी दुई संस्थाले प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता अनुसार ५० वटा तत्कालै हस्तान्तरण गरेको हो।

'अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामाग्री दिएका हौं,' शंकर समूहले भनेको छ, 'तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने उद्देश्यले यी सामाग्री हस्तान्तरण गरेका हौं।' दुवै समूह मिलेर बेडलाई आवश्यक पर्ने तन्ना, सिरानी लगायतका सामाग्री समेत दिएका छन्।