सरकारको खर्च र प्राप्ति सँगसँगै, विकास खर्च ३५% मात्रै, ६० अर्बको लक्ष्यमा अनुदान १० अर्ब मात्रै

बिजमाण्डू
२०७८ बैशाख २९ गते १४:५९ | May 12, 2021
सरकारको खर्च र प्राप्ति सँगसँगै, विकास खर्च ३५% मात्रै, ६० अर्बको लक्ष्यमा अनुदान १० अर्ब मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु वर्षको १० महिना बित्न लाग्दा खर्च र प्राप्ति दुवै शीर्षक सँगसँगै देखिएको छ। दुवै शीर्षकमा ८ खर्ब नाघेको हो। 

महालेखा तथ्यांक अनुसार वैशाख २८ गते मंगलबारसम्म ८ खर्ब ३ अर्ब राजस्व अनुदान लगायत शीर्षकमा संकलन गरेको छ।

यस्तै खर्च ८ खर्ब ५ अर्ब पुगेको छ। १० महिना सकिन लाग्दा चालु ६४.८ प्रतिशत खर्च भएको छ। पुँजीगत शीर्षकमा ३५ प्रतिशत मात्र पुगेको छ।

चालु वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड पुँजीगत खर्चको सीमा अनुमान गरिएको थियो। कोभिड लगायत अन्य प्रकृतिको कारणले यो वर्षमा पनि विकास खर्चमा प्रगति हुन सकेन ।

राजस्वतर्फ सरकारले ७ खर्ब ५ अर्ब २९ करोड संकलन गरेको छ। यस्तै यो अवधिमा गैरकर शीर्षकमा ५१ अर्ब ३३ करोड संकलन भएको छ। 

यसैगरी ६० अर्ब अनुदान प्राप्तिको लक्ष्य लिइएकोमा हालसम्म १० अर्ब मात्रै प्राप्त भएको छ। चालु वर्षमा सरकारले राजस्व र अनुदानबाट १० खर्ब ७२ अर्ब प्राप्ति गर्ने लक्ष्य लिएको छ। यस्तै १४ खर्ब ७४ अर्बको खर्च लक्ष्य लिएको छ।