सिद्धार्थ बैंकले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना कोषमा १० लाख सहयोग दियो

बिजमाण्डू
२०७८ बैशाख २९ गते २१:१३ | May 12, 2021
सिद्धार्थ बैंकले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना कोषमा १० लाख सहयोग दियो

Tata
GBIME
Nepal Life

काठमाडौं। सिद्धार्थ बैंक प्रदेश १ कार्यालयले कोरोना जनसुरक्षा कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले प्रदेश १ सरकारले स्थापना गरेको कोषमा यो रकम सहयोग गरेको हो।

प्रदेश प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई चेक हस्तान्तरण गरे। कोरोना उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सहयोग गरेको बस्नेतले बताए।

कार्यक्रममा बैंकका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेल उपस्थित थिए। बैंकको प्रदेश १ कार्यालयले कोरोनाको पहिलो लहरमा समेत १० लाख रुपैयाँ सहयोग गरेको थियो।