सुनको मूल्यमा फेरि गिरावट, तोलामा ४ सय रुपैयाँ घट्यो, चाँदी पनि १० रूपैयाँ सस्तियो

बिजमाण्डू
२०७८ बैशाख ३० गते ११:४४ | May 13, 2021
सुनको मूल्यमा फेरि गिरावट, तोलामा ४ सय रुपैयाँ घट्यो, चाँदी पनि १० रूपैयाँ सस्तियो

Tata
GBIME
Nepal Life

काठमाडौं। एक सातादेखि भइरहेको बढोत्तरीमा ब्रेक लाग्दै बुधबारबाट घट्न थालेको सुनको मूल्यमा पुनः गिरावट आएको छ। अघिल्लो दिनको भन्दा सुन बिहीबार तोलामा ४ सय रुपैयाँले घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार मूल्य ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार ३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ भएको थियो।

दुई दिनयता सुनको मूल्य घट्न थाले पनि कोरोना संक्रमण रोकथामका लागि मुलुकका प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण कारोबार ठप्प छ। 

बिहीबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँको गिरावट आएको छ। चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँ भएको छ। बुधबार प्रतितोला १३ सय ४५ रुपैयाँमा स्थिर थियो। 

अन्तर्राष्ट्रिय बजार बिहीबार बिहान सुन प्रतिऔंस १८१७.९३ डलर र चाँदी प्रतिऔंस २७.०३ डलरमा कारोबार भएको छ। बुधबार सुन प्रतिऔंस १८३०.२७ डलर र चाँदी प्रतिऔंस २७.३९ डलरमा कारोबार भएको थियो।