माधव नेपालसहित ४ नेताको कारवाही फुकुवा, आकस्मिक निर्णय गर्ने अधिकार ओलीलाई दिइयो

बिजमाण्डू
२०७८ बैशाख ३० गते ११:३४ | May 13, 2021
माधव नेपालसहित ४ नेताको कारवाही फुकुवा, आकस्मिक निर्णय गर्ने अधिकार ओलीलाई दिइयो

Tata
GBIME
Nepal Life

काठमाडौं। पुन: सत्तामा फर्किने रणनीतिका साथ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार नेतामाथिको कारवाही फुकुवा गराएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो।

'नेकपा (एमाले) स्थायी कमिटीको बैठकबाट उहाँहरुको निलम्बन फुकुवा गरिएको छ,' बैठकको निर्णयबारे जानकारी दिँदै सुवास नेम्बाङले भने।राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै जाँदा एमाले अध्यक्ष ओलीले रणनीतिक रुपमा चार नेतामाथिको कारवाही फुकुवा गरेका हुन्।

नेपाल पक्षका सांसदहरुले राजीनामा दिने रणनीति अख्तियार गरेसँगै ओलीले उनीहरुको कारवाही रोकेर आफ्नो पक्षलाई बलियो बनाउन खोजेका हुन्। यसबाहेक पार्टीले लिने आकस्मिक निर्णयको अधिकार पनि ओलीलाई दिने निर्णय बैठकले गरेको नेता नेम्वाङले जानकारी दिए।