प्रधानमन्त्रीमा ओलीले लिए सपथ, माधव पक्षका कोही पनि गएनन् सरकारमा, दोहोरिए मन्त्री

बिजमाण्डू
२०७८ बैशाख ३१ गते १५:२७ | May 14, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराएकी हुन्। उनीसँगै अन्य मन्त्रीहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।

नेकपा एमालेका माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर सांसदहरु पनि मन्त्री हुनसक्ने आकलनका बिच भएको सपथ ग्रहणमा कोही पनि नयाँ अनुहार देखिएन। ओलीको मन्त्रिमण्डलका पुरानै सदस्यहरुले सपथ लिएका छन्।  

हिजोमात्रै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी थिइन। बहुमतीय सरकार गठनको प्रयास असफल भएपछि प्रतिनिधिसभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।

पदमुक्त भएको पाँच दिनपछि ओलीले पुनः प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन्। जनता समाजवादी पार्टीका नेताबिच वैकल्पिक सरकारको विषयमा मत बाझिएपछि ओलीका लागि बाटो खुला भएको थियो।