एनएमबिका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यासब्याक, १०% सम्म छुट पाइने

बिजमाण्डू
२०७८ असार २७ गते १२:४६ | Jul 11, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी सामान खरिद गर्दा क्यासब्याक पाउने भएका छन्। 

बैंकले यस सुविधा सम्बन्धी द्विपक्षीय समझदारी गरेको जनाएको छ ।

बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामाग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट किन्दा क्यासब्याक उपलब्ध गराएको जारी विज्ञप्तिमा जनाइएको छ।

एनएमबि बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०% वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने बैंकले जानकारी दिएको हो ।

एनएमबि बैंकले हाल देशभरी १ सय ८१ शाखा, १ सय ३७ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।