नेपाल बंगलादेश बैंकको लेटाङमा बिस्तारित सेवा केन्द्र, शाखा संख्या देशभर ९९ पुग्यो

बिजमाण्डू
२०७८ साउन १० गते ११:३८ | Jul 25, 2021
नेपाल बंगलादेश बैंकको लेटाङमा बिस्तारित सेवा केन्द्र, शाखा संख्या देशभर ९९ पुग्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वंगलादेश बैंकले मोरङ्गको लेटाङ्ग नगरपालीकाको वुधवारे वजारमा आफ्नो ८औं विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

बैंकले लेटाङ्ग नगरपालीको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागि केन्द्रका रुपमा स्थापित भई वैंकिङ्ग पहुचवाट टाढा रहेको अवस्थामा लेटाङ्ग नगरपालीको अनुरोधका साथै ग्रमिण भेगमा वित्तिय पहुँच पुर्‍याइ हरेक नेपालीको एक वैंक खाता खोल्ने सरकारको नितिलाई सघाउ पुर्‍याउनेे उदेश्यले काउन्टर खोलेको विज्ञप्तिमा जनाएको छ। 

विस्तारित सेवा केन्द्रको उद्घाटन प्रदेश नम्वर १, मोरङ्ग ख का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका छन्।

स्थापनाको २७औं वर्ष पुरा गरेको बैंकको ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएम छन्।