२२ मिनेटको अन्तरालमा उडेका बुद्ध एयरका दुई जहाज त्रिभुवन विमानस्थलमै डाइभर्ट

बिजमाण्डू
२०७८ साउन ११ गते २०:१३ | Jul 26, 2021
२२ मिनेटको अन्तरालमा उडेका बुद्ध एयरका दुई जहाज त्रिभुवन विमानस्थलमै डाइभर्ट


Tata
GBIME
Nepal Life

काठमाडौं । त्रिभुवन विमानस्थलबाट २२ मिनेटको अन्तरमा उडेका बुद्ध एयरका दुई जहाज त्रिभुवन विमानस्थलमै डाइभर्ट गरिएका छन्।

काठमाडौंबाट धनगढी र नेपालगञ्जका लागि उडेका जहाजमध्ये एउटामा प्राविधिक समस्या आएको थियो भने अर्को जहाजका यात्रु बिरामी भएकाले डाइभर्ट गरिएको कम्पनीले जनाएको छ।

धनगढीका लागि ५ः५ बजे उडेको ९एन एएमडि (अल्फा माइक डेल्टा) कल साइनको जहाजमा प्राविधिक समस्या आएपछि उडेको केहीबेरमै जहाज पुन: काठमाडौंमा अवतरण गरिएको हो। ६७ यात्रु बोकेको उक्त जहाजको ल्यान्डिङ गियरको हाइड्रोलिकमा प्राविधिक समस्या आएको थियो।

धनगढी जाने यात्रुलाई ६ः४३ बजे  ९एन-एजेएक्स  कलसाइनको एटीआर-७२ सिरिजको अर्को जहाजमार्फत्  पुन: धनगढी पठाइएको  कम्पनीका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए।

यसै गरी उडानकै क्रममा यात्रु बिरामी भएपछि काठमाडौंबाट नेपालगन्जका लागि उडेको फ्लाइट नम्बर ४०९ पनि पुन: काठमाडौं डाइभर्ट गरिएको छ।

उडानका क्रममा एक यात्रु बेहोस भएका कारण यो जहाज पुन: काठमाडौ अवतरण भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो उडान साझ ५:२७ बजे भएको थियो।